नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १३ अंकले घटेको नेप्से आज झण्डै १६ अंकले फर्केको हो ।

सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको छ । ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३८ करोड रुपैयाँले घटेर ६ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशतले बढेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक ५४ करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, बेस्ट फाइनान्सको २५ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १६९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ ।

सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरकाे सेयर मूल्य ९.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको साढे ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ।

आज ङादी ग्रुप पावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

पूर्व प्रधानमन्त्रीहरूलाई ओलीले भने, ‘चीन भ्रमणमा ऋण सम्बन्धी कुनै सम्झौता हुँदैन’ Read Previous

पूर्व प्रधानमन्त्रीहरूलाई ओलीले भने, ‘चीन भ्रमणमा ऋण सम्बन्धी कुनै सम्झौता हुँदैन’

पाइलटको हडतालले निगमको आधा दर्जन गन्तव्यको उडान प्रभावित, 'समस्या छिट्टै समाधान हुन्छ' Read Next

पाइलटको हडतालले निगमको आधा दर्जन गन्तव्यको उडान प्रभावित, 'समस्या छिट्टै समाधान हुन्छ'