ङादी ग्रुपले पायो हकप्रद सेयर जारी गर्न अनुमति, तोक्यो बुकक्लोज

काठमाडौं । ङादी ग्रुप पावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज मिति तोकेको छ । सो अनुसार मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

२० वर्ष पुराना गाडी संचालनमा रोक लगाउन आदेश, स्क्राप गर्ने बाटो खुल्यो Read Previous

२० वर्ष पुराना गाडी संचालनमा रोक लगाउन आदेश, स्क्राप गर्ने बाटो खुल्यो

नेपाल-कम्बोडिया सीधा हवाई उडान सुरू गर्न पहल Read Next

नेपाल-कम्बोडिया सीधा हवाई उडान सुरू गर्न पहल