नबिल बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १० गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा बिहान १० बजे सुरु हुनेछ ।

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत्को लगानी जुट्यो, निर्माण सुरू Read Previous

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत्को लगानी जुट्यो, निर्माण सुरू

चिलिमेका तीनवटै आयोजना सम्पन्न, राष्ट्रिय प्रणालीमा थपियो १६८ मेगावाट बिजुली Read Next

चिलिमेका तीनवटै आयोजना सम्पन्न, राष्ट्रिय प्रणालीमा थपियो १६८ मेगावाट बिजुली