चितवनमा धान उत्पादन २ हजार मेट्रिक टन घट्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ ।

कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान १ लाख १२ हजार ९२.४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष १ लाख १४ हजार २६९.४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । उक्त कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्क अनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४.१२ मेट्रिक टन उत्पादन भएको छ ।

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पीआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।

बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय Read Previous

बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

भारतीय अर्बपति गौतम अडानी विरुद्ध अमेरिकमा ठगीको मुद्दा Read Next

भारतीय अर्बपति गौतम अडानी विरुद्ध अमेरिकमा ठगीको मुद्दा