दुई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । दुई वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर ७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २७ गते १८ औं वार्षिक साधरण बोलाएको छ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ।

त्यसैगरी, प्राइम कमर्शियलले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर १९ गते १७ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन Read Previous

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

बीपी राजमार्ग अनिश्चितकालका लागि राति बन्द हुने Read Next

बीपी राजमार्ग अनिश्चितकालका लागि राति बन्द हुने