नेप्सेले गर्यो कमब्याक, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा कमब्याक गरेको छ । मंगलबार एकैदिन ५१ अंकले घटेको नेप्से आज ९ अंकले फर्केको हो ।

बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा पुगेको छ । ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ अर्ब ३७ करोड रुपैयाँले घटेर ७ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ मध्य ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ भने बैंकिङ समूह ०.२६ प्रतितशले घटेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक ३२ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ ।

सामान्य अंकले बढेको बजारमा पनि आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेशनल हाइड्रो डेभलपर, सप्तकोशी विकास बैंक र महिला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, कर्णाली डभेलपमेन्ट बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज गुराँस लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

सरकारले ४ महिनामै उठायो १.६५ खर्ब ऋण, कुल ऋण २५ खर्ब नाघ्यो Read Previous

सरकारले ४ महिनामै उठायो १.६५ खर्ब ऋण, कुल ऋण २५ खर्ब नाघ्यो

४ महिनामा पौने १३ अर्बको बिजुली भारत निर्यात Read Next

४ महिनामा पौने १३ अर्बको बिजुली भारत निर्यात