लाभांश प्रयोजनका लागि स्ट्याण्डर्ड चार्टर्डले तोक्यो बुकक्लोज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ । बैंकले मंसिर २५ गते ३८औं वार्षिक साधरण सभा बोलाएको हो ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यस्तै, बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गर्ने प्रस्ताव लैजाने भएको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर ६ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार मंसिर ५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

'टीओडी' मिटरका आधारमा बक्यौता गणना गर्न समिति गठन Read Previous

'टीओडी' मिटरका आधारमा बक्यौता गणना गर्न समिति गठन

अर्थ मन्त्रालयले विपद् कोषमा जम्मा गर्यो १ अर्ब Read Next

अर्थ मन्त्रालयले विपद् कोषमा जम्मा गर्यो १ अर्ब