प्रभु केबलकारले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन सम्बन्धी प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई सेयर बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा प्रभु केबलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

प्रभु केबलकारले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढेको छ । प्रभु केबलकारको लगानीमा ३ वटा केबलकार परियोजनाहरू अगाडि बढेका छन् । जस मध्ये बुटवलमा रहेको सिद्धार्थ केबलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ ।

प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केबलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबलकार बुटवल स्थित फुलबारी पार्कमा रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ ।

त्यस्तै, यस प्रभु केबलकारको लगानीमा सुदूरपश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केबलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।

मलेखु-मुग्लिन सडकको काममा तीव्रता, दैनिक २०० जनशक्ति खटाइँदै Read Previous

मलेखु-मुग्लिन सडकको काममा तीव्रता, दैनिक २०० जनशक्ति खटाइँदै

सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई आयोगको निर्देशन Read Next

सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई आयोगको निर्देशन