कर नतिर्ने १४६ जनाको बैंक खाता रोक्का, कालोसूचीमा राखियो

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले १४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले १ लाख रुपैयाँभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।

कार्यालयमा रहेका करदतामध्ये ४९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए ।

कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार ४०० करदाता छन् भने जम्मा करदाता ५८ हजार ४५५ रहेको पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८.३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा रु ७ अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।रासस

त्रिशूली नदीमा बन्यो ३५ टन भारवहन क्षमताको पुल Read Previous

त्रिशूली नदीमा बन्यो ३५ टन भारवहन क्षमताको पुल

फास्ट ट्रयाकको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष Read Next

फास्ट ट्रयाकको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष