अरुण काबेलीको नाफा ८ करोड बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको खुद नाफामा सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार असोजसम्म ८ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।

जबकि गत वर्ष यही अवधिमा कम्पनी १५ करोड ९४ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले पुनः विद्युत् उत्पादन सुरु गरेसँगै नाफामा गएको हो ।

गत वर्ष आएको बाढीका कारण आयोजना बन्द हुँदा कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गर्न सकेको थिएन । चालु आवको असोज मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट २१ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २९.३० प्रतिशतले घटेर ४८ लाख रुपैयाँमा झरेको छ भने वित्तीय खर्च ३५.८९ प्रतिशतले घटेर ६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

हाल ३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९ करोड ६४ लाख रुपैयाँ ऋणात्मक छ ।

कम्पनीले नाफा कमाएसँगै प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.५६ रुपैयाँँ र प्रतिसेयर नेटवर्थ ९७.५३ रुपैयाँ छ ।

बैंकमा पैसा थुप्रेपछि थप ५० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकमा पैसा थुप्रेपछि थप ५० अर्ब तान्दै राष्ट्र बैंक

हिमाली भेगमा घुम्न जाँदा लेक लाग्नबाट यसरी जोगिन सकिन्छ Read Next

हिमाली भेगमा घुम्न जाँदा लेक लाग्नबाट यसरी जोगिन सकिन्छ