काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । अघिल्ला दुई कारोबार दिनमै ८४ अंकले बढेको नेप्से आज ११ अंकले घटेको हो ।
मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा आइपुगेको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच भएको छ ।
आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ३ अर्ब ४५ करोडले घटर ७ अर्ब ८५ रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूह मध्ये ३ वटाको परिसूचक बढेको छ भने १० वटाको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले बढेको छ भने अन्य समूह १.१८ प्रतिशतले घटेको छ ।
आज गुडविल फाइनान्सको सर्वाधिक २९ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, बेस्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ ।
दोहोरो अंकले घटेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन्
आज गुडविल फाइनान्सको सेयरधनीले भने सर्वाधिक ९.३६ प्रतिशत गुमाएका छन् ।