काठमाडौं । एकैपटक चार कम्पनीको संस्थापक सेयर लिलामीमा आएको छ । मितेरी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र महुली लघुवित्तको संस्थापक सेयर आजदेखि लिलामीमा आएको हो ।
यी कम्पनीका विद्यमान संस्थापकहरूले आफ्नो नाममा रहेको सेयर लिलामीमार्फत बेच्न लागेका हुन् । ४ कम्पनीको कुल १ लाख ७ हजार ८१ कित्ता सेयर लिलामीमा आएको हो ।
मितेरी डेभलपमेन्टको ४४ हजार ८४१ कित्ता संस्थापक लिलामीमा आएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीमा मात्र आवेदन दिन पाउने छन् ।
इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, महेन्द्रपथ धरान र प्रभु क्यापिटल कमलादी, काठमाडौं आवेदन बुझाउनुपर्नेछ ।
त्यसैगरी, सानिमा जीआइसी इन्स्योरेन्सले ३५ हजार ४२८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । यसको सेयरमा आजको ३५ दिन भित्र केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
त्यस्तै, लुम्बिनी विकास बैंकको १५ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा आएको हो । इच्छुक लगानीकर्ताले आजको १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
त्यसैगरी, महुली लघुवित्तले ११ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । इच्छुक लगानीकर्ताले आजको ७ दिन भित्र आवेदन दिुपर्नेछ ।