दुई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोपावर र विन्ध्याबासिनी हाइड्रोपावरले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

मन्दाकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते एघारौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा नेपाली चुलो लाजिम्पाट, काठमाडौँमा बिहान ८ बजे सरु हुनेछ ।

त्यसैगरी, विन्ध्याबासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ६ गते आठौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

भारतमा परीक्षण भएको सिकलसेलको औषधि ल्याएर वितरण गर्ने घोषणा Read Previous

भारतमा परीक्षण भएको सिकलसेलको औषधि ल्याएर वितरण गर्ने घोषणा

डेडिकेटेड र ट्रंक लाइन विवाद : के छ लाल आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ) Read Next

डेडिकेटेड र ट्रंक लाइन विवाद : के छ लाल आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ)