नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको थप सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार समाज लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको बोनस सेयर तथा आँखुखोला जलविद्युत्को हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार समाज लघुवित्तको १४.२५ प्रतिशत (२८ हजार ५०० कित्ता) र कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत (२ लाख ५० हजार) कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्ययसैगरी, आँखुखोला जलविद्युत् कम्पनीको १५० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

आन्तरिक लेखा परीक्षणमा संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब Read Previous

आन्तरिक लेखा परीक्षणमा संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब

हिउँदमा पनि मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन Read Next

हिउँदमा पनि मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन