अरुण भ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको खुद नाफामा उछाल आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७२०.५३ प्रतिशतले बढेकोे छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ करोड ९४ लाख रुपैयाँ धेरै हो । अरुण भ्यालीले गत वर्षको पहिलो त्रैमासमा १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा अरुणको विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा र खर्च घट्ना नाफामा उछाल आएको हो । यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ४८५.५७ प्रतिशतले बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १३४४.४१ प्रतिशतले बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ । सामीक्षा अवधिमा कम्पनीको कुल खर्च ४३.६३ प्रतिशतले घटेर ३ करोड ६९ लाख रुपैयाँमा झरेको छ ।

हाल ३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ५२ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै पनि कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ गुणाले बढेको छ । गत असोजमा २.९६ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष बढेर १२.१२ रुपैयाँ पुगेको छ

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.८४ गुणा छ ।

३६२० रुपैयाँ सेयर मूल्य भएको समाज लघुवित्त घाटामा Read Previous

३६२० रुपैयाँ सेयर मूल्य भएको समाज लघुवित्त घाटामा

एनएलजी इन्स्योरेन्सको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एनएलजी इन्स्योरेन्सको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन