अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाएको छ । फेडले बिहीबार नीतिगत दर ०.२५ प्रतिशत बिन्दुले घटाएको हो ।

यससँगै अमेरिकी बैंकदर ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशत कायम भएको छ । यसअघि ४.७५ प्रतिशतदेखि ५ प्रतिशत रहेको थियो ।

फेडले यो वर्ष ब्याजदर घटाएको यो दोस्रो पटक हो । यसअघि सेम्टेम्बरमा ०.५ प्रतिशत बिन्दुले घटाएको थियो ।

आर्थिक वृद्धिदर सुधार देखिएको, मुद्रास्फीति सन्तुलनमा रहेको, आर्थिक वर्षको सुरुआतबाट नै श्रम बजार सामान्य रहेकाले ब्याजदर घटाइएको बैंकले जनाएको छ ।

मुद्रास्फीति मौद्रिक समितिको लक्षित सीमा २ प्रतिशतमा आउनेमा प्रगति भइरहेको भए पनि अझै केही माथि रहेको फेडले जनाएको छ ।

अमेरिकी केन्द्रीय बैंकको मौद्रिक समितिले दीर्घकालीन रुपमा अधिक रोजगारी र मुद्रास्फीति २ प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ ।

कोभिड र रसिया युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको असरले बढेको मुद्रास्फीति नियन्त्रण गर्न बैंकले ब्याजदर बढाउँदै लगेको थियो । नीतिगत दर ५.२५ देखि ५.५ प्रतिशतसम्म र्पुयाएको फेडेरल रिजर्भले २०२४ सेप्टेम्बरमा ०.५ आधार बिन्दु र नोभेम्बरमा पुनस् ०.२५ आधार बिन्दुले घटाएको छ ।

जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश Read Previous

जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश

'डब्लूटीएम'मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण Read Next

'डब्लूटीएम'मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण