अक्टोबरमा नेपाल घुम्न आए १ लाख २४ हजार विदेशी, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२४ को अक्टोबरमा महिनामा सवा लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटक बोर्डको तथ्याङ्क अनुसार अक्टोबरमा कुल १ लाख २४ हजार ३९३ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को अक्टोबरको तुलनामा यस वर्षको सोही अवधिमा पर्यटक आवगमन ६.०४ प्रतिशत अर्थात् ७.०८७ प्रतिशतले बढेको हो । सन् २०२३ को अक्टोबरमा कुल १ लाख १७ हजार ३०६ विदेशी आएका थिए ।

यस्तै, कोरोना महामारी सुरू हुनुअघिको वर्ष अर्थात् सन् २०१९ को तुलनामा पर्यटक आवगमन ७ प्रतिशतले घटेको हो । २०१९ को अक्टोबरमा १ लाख ३४ हजार पर्यटक भित्रिएका थिए ।

सन् २०२४ अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १६ हजार ३१३ जना पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट १६ हजार २३, बेलायतबाट ८ हजार १९, चीनबाट ७ हजार ७५०, अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बङ्गलादेशबाट ४ हजार ४७६, श्रीलङ्काबाट ३ हजार १२५ र इटलीबाट २ हजार ६३५ जना पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२४ को १० महिनामा कुल ९ लाख ४१ हजार ३२ जना पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यस वर्ष जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाइमा ६४ हजार ५९९, अगष्टमा ७२ हजार ७१९ र सेम्टेम्बरमा ९६ हजार ३०५ विदेशी नेपाल भित्रिएका हुन् ।

गौतमबुद्ध विमानस्थलमा यही साता भित्रै थप दुई विदेशी एयरलाइन्सले उडान गर्दै Read Previous

गौतमबुद्ध विमानस्थलमा यही साता भित्रै थप दुई विदेशी एयरलाइन्सले उडान गर्दै

पुनः निर्माण गरी संचालनमा ल्याइयो काबेली करिडोर, २० आयोजनाको बजिुली जोडियो Read Next

पुनः निर्माण गरी संचालनमा ल्याइयो काबेली करिडोर, २० आयोजनाको बजिुली जोडियो