पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको अवधिभन्दा ६ महिना अघि सम्पन्न हुने

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्दै तोकिएकै अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

 

स्थानीयवासीलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने शनिबार आयोजित कार्यक्रममा उनले जानकारी दिए । उनले भने “ जहाज अवतरणलाई थप सहज बनाउन लागिएको छ । ‘ग्लाइड पाथ’का लागि १०४ रोपनी आवश्यक पर्छ ।”

 

विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको अवधि भन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिए।

 

उनका अनुसार सन् २०२१ जुलाई १० सम्म निर्माण सम्पन्न हुने बताइएको छ । परियोजनाले सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न भई परीक्षण उडान शुरु गर्ने र जुलाईबाट व्यावसायिक उडान शुरु हुने जनाएको छ ।

 

धावनमार्ग तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको परियोजनाले जनाएको छ ।ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्वारको काम जारी रहेको परियोजना प्रमुख मुनाकर्मीले जानकारी दिए ।

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो । सन् २०१७ को जुलाई ११ बाट निर्माणकार्य शुरु भएको विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको छ । रासस

यूरोपमा नेपाली जहाज कहिलेबाट उड्ला ? यस्तो छ सरकारी तयारी Read Previous

यूरोपमा नेपाली जहाज कहिलेबाट उड्ला ? यस्तो छ सरकारी तयारी

काठमाडौंमा विद्युतको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प बत्ती काटिने समस्या Read Next

काठमाडौंमा विद्युतको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प बत्ती काटिने समस्या