काठमाडौं महानगरले नेपाल र बंगलादेश बीचको खेल ३ ठाउँमा लाइभ देखाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

महानगरले रंगशालामा पुगेर फुटबल हेर्न नपाउने सर्वसाधरणलाई लक्षित गर्दै काठमाडौंको टुँडिखेल, सानो गौचरन (हाँडीगाउँ) र चावहिलको फुटबल ग्राउण्डमा प्रत्यक्ष प्रसारणको व्यवस्था गर्ने भएको हो ।

खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेलको अवलोकन गर्ने अवसरका लागि ३ ठाउँमा एलईडी स्क्रीन राखेर फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ । यो निःशुल्क अवसर हो ।

उपाधिका लागि आज नेपाल र बंगालादेशका टिम बीच फाइनल खेल हुँदैछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

खेल मैदानमा गएर खेल हेर्ने अवसर प्राप्त नभएका फुटबलप्रेमी दर्शकहरुलाई खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरपालिकाले अनुरोध गरेको छ ।

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने Read Previous

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने

देश कसरी डुब्यो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ : मेयर शाह Read Next

देश कसरी डुब्यो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ : मेयर शाह