एकैदिन ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

बुधबार एकैदिन नबिल बैंक, सोल्टी होटल्स, विन्ध्यावासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लभांश घोषणा गरेका हुन् ।

नबिल बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ ।

त्यस्तै, विन्ध्यावासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर, फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशत (९ प्रतिशत बोनस र ०.४७ नगद) र सोल्टी होटल्सले ३६.८४ प्रतिशत (१० प्रतिशत बोनस र २६.८४ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।

चारै कम्पनीको प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति र सम्बन्धित कम्पनीको वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

यी हुन् चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार ठूलो भएका ६ बैंक Read Previous

यी हुन् चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार ठूलो भएका ६ बैंक

सडक खुलेको पहिलो दिनमै केरुङबाट आए ७६ कन्टेनर Read Next

सडक खुलेको पहिलो दिनमै केरुङबाट आए ७६ कन्टेनर