नेप्सेमा उच्च अंकको वृद्धि, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २७ अंकले बढेको नेप्से आज झण्डै ४७ अंकले बढेको हाे । पछिल्ला दुई दिनमा नेप्से ७४ अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७८ करोड रुपैयाँले बढेर ६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.६ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर, होटल र विकास बैंक समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज समृद्धि फाइनान्सको सर्वाधिक २४ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज सेन्टर फाइनान्सका सेयरधनीले सर्वाधिक १.८८ प्रतिशत गुमाएका छन् ।

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, आयात र निर्यात सहज हुने Read Previous

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, आयात र निर्यात सहज हुने

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने Read Next

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने