१ महिनापछि खुल्यो केरुङ-रसुवागढी सडक, आउन थाले कन्टेनर

काठमाडौं । १ महिनादेखि बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि संचालनमा आएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको बाढीपहिरोले क्षतिग्रस्त उक्त सडक मर्मत गरी आजदेखि सवारी साधन संचालनमा ल्याइएको हो ।

बाढीपहिरोले चिनियाँ भूभाग (केरुङ)तर्फ ठूलो क्षति पुर्याएको थियो । सयौं मिटर सडक नै बगाएको छ भने कैंयौं ठाउँमा भत्काएको थियो । अहिले ती ठाउँमा मर्मत गरी सवारीसाधन संचालनमा ल्याइएको हो । अहिले पनि मर्मत कार्य जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार आजदेखि कन्टेनर तथा साना गाडी नेपाल भित्र्न थालेका छन् । आज बिहान केरुङबाट सामान लोड गरेका कन्टेनर तथा साना गाडी कम्तिमा ५० वटा भित्रने सूचना प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

अहिले पनि ठूला सवारीसधान चलाउन अनुमति दिइएको छैन । चिनियाँ अधिकारीहरूले सामानसहित १५ टन तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउ गर्नसक्ने सूचना नेपालका अधिकारीहरूलाई पठाएका छन् ।

यस्तै, उक्त सडकमा सवारी चलाउन चिनियाँ पक्षले टाइम कार्ड समेत लागू गरेको छ । जिल्ला प्रसाशनमा चीनबाट आएको जानकारी अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म केरुङबाट सामान बोकेका कन्टेनर रसुवागढी आउने छन् भने अपराह्न ४ बजेदेखि ८ बजेसम्म रसुवागढीबाट सामान लिन केरुङ जाने सवारीसाधन संचालन हुनेछन् ।

त्यस्तै, बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म चिनियाँहरूले क्षतिग्रस्त सडक बनाउने कार्यतालिका बनाएका छन् । सडक पूर्ण रुपमा बनिसक्न अझै समय लाग्ने चिनियाँ पक्षले जानकारी गराएको छ ।

अहिले केरुङमा नेपाल ल्याउन लागिएको ६०० कन्टेनर बढी सामान थन्किएर बसेको छ । १ महिना सकड बन्द हुँदा स्याउ, किवी, लसुन लगायत केही सामान कुहिएर खेर गएका थिए भने दशैं तिहारलाई लक्षित गरी ल्याइएका लत्ता, कपडा र सयौं संख्या विद्युतीय गाडी रोकिएका थिए । बाटो खुले पनि १५ टन बोकेको कन्टनेर मात्र आउजाउ गर्न पाउने भएकाले उक्त मालवस्तु आउन अझै समय लाग्ने व्यवसायीहरू बताउँछन् ।

२० वर्षपछि कालोपत्र हुँदै नुवाकोटको विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक Read Previous

२० वर्षपछि कालोपत्र हुँदै नुवाकोटको विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक

भक्तपुरमा यात्रुबाहक बस बिजुलीको खम्बामा ठोकियो, १० घाइते, दुई गम्भीर Read Next

भक्तपुरमा यात्रुबाहक बस बिजुलीको खम्बामा ठोकियो, १० घाइते, दुई गम्भीर