काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको खबर आएको छ ।
आज अपराह्न ३ः५० बजे उड्ने तयारी भइरहेको जहाजमा भारतबाटै बम राखिएको खबर आएको हो ।
उक्त जहाजमा चढिसकेका यात्रुलाई ओरालेर अहिले नेपाली सेना र नेपाल प्रहरीको टोलीले खान तलासी गरिरहेको छ ।
उक्त जहाज दिउँसो २ः४१ बजे अपराह्न अवतरण गरेको थियो । लगत्तै दिल्ली फर्किनका लागि बोर्डिङ गरिरहेका बेला भारतबाटै जहाजमा बम रहेको खबर आएको विमानस्थल कार्यालयले जनाएको छ ।
पछिल्लो समय भारतीय जहाजहरुमा बम आंतक नै फैलिएको छ । गत साता दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, चेकजाँच गर्दा कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।