नेप्सेमा लागातार गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत बुधारबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

गत साता ११९ अंकले घटेको नेप्से परिसूचक यस साता पहिलो दिन ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा आइपुगेको छ । आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४१ करोड रुपैयाँले घटेर ४ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह १.३० प्रतिशतले घटेको छ ।

आज आइसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल एसबीआई बैंकका सेयरधनीले सर्वाधिक ६.७९ प्रतिशत गुमाएका छन् ।

ट्राफिकले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनुको कारण पेश गर्न सर्वोच्चको आदेश Read Previous

ट्राफिकले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

उडान अनुमति सकिएको जहाज जबरजस्ती त्रिभुवन विमानस्थलमा आएपछि... Read Next

उडान अनुमति सकिएको जहाज जबरजस्ती त्रिभुवन विमानस्थलमा आएपछि...