कात्तिक २३ देखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द, कर्मचारी ३ सिफ्टमा खटाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यही २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत निर्माण गर्नलाई दैनिक १० घण्टा बन्द गरिने भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म विमानस्थल दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द गरिने छ ।

सो अवधिभर विमानस्थल दैनिक १४ घण्टा मात्रै संचालन हुने कार्यालयले जनाएको छ । हाल त्रिभुवन विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म संचालन हुँदै आएको छ ।

१० घण्टा विमानस्थल बन्द हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीहरुलाई ३ सिफ्टमा खटाउने भएको छ । कात्तिक ५ गते बसेको प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपालमा पहिलो पटक 'आर्टिफिसियल इन्टेलिजेन्स' सम्मेलन सुरू Read Previous

नेपालमा पहिलो पटक 'आर्टिफिसियल इन्टेलिजेन्स' सम्मेलन सुरू

ट्राफिकले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनुको कारण पेश गर्न सर्वोच्चको आदेश Read Next

ट्राफिकले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनुको कारण पेश गर्न सर्वोच्चको आदेश