काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको कात्तिक ११ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित)दिने घोषणा गरेको हो ।
बैंकले ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।