नेशनल लघुवित्त र सगरमाथा जलविद्युत्को लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था र सगरमाथा जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

दुवै कम्पनी समितिको कात्तिक ८ गते बसेको बैठकले सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् ।

नेशनलले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सगरमाथा जलविद्युत्ले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

प्राधिकरणले फेरि काट्यो उद्योगको बिजुली, केहीले किस्ताबन्दीमा तिर्न थाले Read Previous

प्राधिकरणले फेरि काट्यो उद्योगको बिजुली, केहीले किस्ताबन्दीमा तिर्न थाले

अर्थमन्त्री पौडेल र एमसीसीकी प्रमुख कार्यकारी बीच भेट, के भयो कुराकानी ? Read Next

अर्थमन्त्री पौडेल र एमसीसीकी प्रमुख कार्यकारी बीच भेट, के भयो कुराकानी ?