नेप्सेमा लागातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बुधबार २० अंकले घटेको नेप्से आज १८ अंकले घटेको हो । यससाता नेप्से समग्रमा ११९ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा आइपुगेको छ । यस दिन ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८७ करोड रुपैयाँले घटेर ५ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये हाइड्रोपावर बाहेक अरू सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ भने व्यापार समूहको सर्वाधिक १.९३ प्रतिशतले घटेको छ ।

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक ३४ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, साहस ऊर्जाको २४ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ ।

आज नेपाल एसबीआई बैंकका सेयरधनीले सर्वाधिक ९.७५ प्रतिशत कमाएका छन् भने रावा इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत गुमाएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सुपर माइ हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरै घटेको छ ।

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह Read Previous

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति Read Next

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति