कफी खेती दर्ता अत्यन्त न्यून, पिउने कल्चर बढ्दो

काठमाडौं । साथीभाईसँग कफी पसलमा बसेर पिउने चलन बढ्दो छ । तर, संभावना भएरपनि त्यसको उत्पादन अत्यन्त न्यून रहेको छ । त्यसमा पनि खेती दर्ता गरेर १.७ प्रतिशतले मात्र काम गरिरहेका छन् । ९८ प्रतिशत कृषकले दर्ता नै नगरी खेती गरिरहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

 

व्यवसायीक कफी खेती गर्ने मध्ये २.८ प्रतिशत कृषकले मात्र कफी खेतीका लागि ऋण लिने गरेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार ११ प्रतिशत कृषकले कफी खेती आफ्नो मुख्य आयको श्रोत रहेको बताएका छन् ।

 

व्यवसायीक कफी खेती सर्वेक्षण २०७५/२०७६ को तथ्यांक अनुसार नेपालमा व्यवसायीक कफी खेती गर्नेको संख्या ११ प्रतिशत मात्र रहेको देखाएको हो । अन्यले सबै कृषि खेतीलाई एक साथ लिएर गएको देखाएको छ ।

 

कुल ३२ जिल्लामा कफी खेती हुने गरेको छ भने ती मध्ये काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी कफी खेती हुने गरेको पाइएको छ ।

 

३२ जिल्लाका ६ हजार ३ सय ४६ कृषकले ९ सय ७३ हेक्टर जमिनमा व्यवसायीक खेती गरेको तथ्यांकले देखाएको छ ।

 

यस्तै चिया तथा कफी विकास बोर्डका प्रमुख दिपक खनालले हालै भएको एक अनुसन्धानले नेपालमा कुल १२ लाख हेक्टर जमिन कफी खेती योग्य भएका जानकारी दिए ।

 

उनले नेपालको कफी विश्वमै गुणस्तरीय रहेको र यसको बजार मूल्यसमेत विश्वमा राम्रो रहेको भन्दै यसलाई विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।

 

‘नेपालको कफी विश्वमै उत्कृष्ट मानिन्छ, त्यसको बजार मूल्य प्रतिकेजी हरियो दाना १० डलर रहेको छ,’ खनालले भने ।
नेपालमा कफी खेतीबाट १५ करोड ४१ लाख रुपैयाँ आमदानी हुने गरेको तथ्यांक केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । यस्तै कफीको बिरुवा विक्रीबाट ७१ लाख ७३ हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

 

काभ्रेमा १ सय ४ हेक्टर जमिनमा २ सय २१ मेट्रिकटन कफी उत्पादन हुने गरेको तथ्यांकले देखाएको हो । यस्तै दोस्रोमा ललितपुर र स्याङजामा बढी कफी उत्पादन हुने गरेको तथ्यांकले देखाउँछ ।

 

७ प्रदेश मध्ये सबैभन्दा बढी कफी उत्पादन प्रदेश नम्बर ३ मा हुने गरेको पाइएको छ । प्रदेश नम्बर १ को इलाम, प्रदेश ३ को काभ्रेपलान्चोक, गण्डकी प्रदेशको स्याङजा र प्रदेश ५ को गुल्मीमा कफी बढी उत्पादन हुने गरेको तथ्यांकले देखाएको हो ।

ज्यान हत्केलामा राखेर अक्करे भिरमा मौरीको शिकार Read Previous

ज्यान हत्केलामा राखेर अक्करे भिरमा मौरीको शिकार

प्राविधिक खटिनुपूर्व बनाइएका घरलाई एकमुष्ट तीन लाख दिइने Read Next

प्राविधिक खटिनुपूर्व बनाइएका घरलाई एकमुष्ट तीन लाख दिइने