गौशाला धर्मशालाको अध्ययन गर्न समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिको गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ।

मन्त्रालयले गौशाला धर्मशालाका विषयमा अध्ययन गर्न सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो।

समितिका सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र पर्यटन मन्त्रालयका संस्कृत शाखाका उपसचिव छन् ।

उक्त समितिले अध्ययन गरेर ३० दिन भित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

समितिको कार्यदिश गौशाला धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, गौशाला धर्मशालाको आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने, अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्ने  रहेकाे छ ।

७ वर्षमा पनि पूरा भएन मालढुङ्गा-बेनी-जोमसोम सडक Read Previous

७ वर्षमा पनि पूरा भएन मालढुङ्गा-बेनी-जोमसोम सडक

नारायणगढ-मुग्लिन सडकका १४ पुल कात्तिक भित्रै संचालनमा आउने Read Next

नारायणगढ-मुग्लिन सडकका १४ पुल कात्तिक भित्रै संचालनमा आउने