हाथवे इन्भेष्टमेन्टको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक ७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक २५ गते १६ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आम्रपाली ब्याङ्केट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

एकैपटक ४० सहसचिवको सरुवा Read Previous

एकैपटक ४० सहसचिवको सरुवा

३ विकास बैंक र ४ फाइनान्स राष्ट्र बैंकको कारबाहीमा Read Next

३ विकास बैंक र ४ फाइनान्स राष्ट्र बैंकको कारबाहीमा