सीतापाइला-धार्के सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । नागढुंगा-नौबिसे सडकको वैकल्पिक मार्गको रुपमा रहेको सीतापाइला-धार्के (ठूलोखोला) सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धार्के-ठूलोखोला खण्डमा दोस्रो तहको कालोपत्र सुरू भएकाले उक्त सडक आजदेखि बन्द गरिएको हो ।

धादिङको धुनिबेंशी नगरपालिका वडा नम्बर ५ ले एक सूचना जारी गर्दै उक्त सडक बन्द गरिएको जानकारी गराएको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्म उक्त सडकमा अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

वाणिज्य बैंकले २ महिनामै कमाए पौने १८ अर्ब नाफा, कुनले कति ? Read Previous

वाणिज्य बैंकले २ महिनामै कमाए पौने १८ अर्ब नाफा, कुनले कति ?

जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय Read Next

जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय