एकैपटक प्रभु बैंकका ८ प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर

काठमाडौं । प्रभु बैंकका ८ जना संस्थापक (प्रमोटर) सेयरधनी एकैपटक बाहिरिने भएका छन् ।

बैंकका विद्यमान ८ संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको हो ।

बैंकका अनुसार प्रमोटर सेयरधनीहरू वीरेन्द्र रावलले १ हजार ५५२ कित्ता, प्रवीन अग्रवालले १ लाख ७ हजार २२० कित्ता, कुमार पौडेलले ३२ हजार ३००, अन्जन श्रेष्ठले १६ हजार ५१९ कित्ता, दिनेश अर्यालले ३५ हजार ७२१ कित्ता, गंगाराम महर्जनले २४ हजार ७०३ कित्ता, तान्या अधिकारीले १५ हजार ९६२ कित्ता र सन्ध्या थापा क्षेत्रीले ४८ हजार ६४२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

बैंकको उक्त सेयरमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आजको १५ दिनभित्र आवेदन दिनुपर्नेछ

लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । लिलामी सेयरको मूल्य भने तोकिएको छैन ।

नेपालको पहिलो स्वस्थ सहर धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण Read Previous

नेपालको पहिलो स्वस्थ सहर धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय Read Next

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय