काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । आज दिनभरमा ५५ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा २ अंकले बढेर बन्द भएको हो । अघिल्ला दुई कारोबार दिनमा नेप्से ७४ अंकले बढेको थियो ।
बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ । आज ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा झिनो वृद्धि भए पनि आज कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ५३ करोड रुपैयाँले बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । म्युचुअल फण्डको परिसूचक सबैभन्दा धेरै १.४० प्रतिशतले बढेको छ भने व्यापार समूहको २.१० प्रतिशतले घटेको छ ।
आज कुमारी बैंकको सर्वाधिक ३३ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एचआइडीसीएलको प्रमोटर सेयर २६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज गुडविल फाइनानसका सेयरधनीले सर्वाधिक ७.६३ प्रतिशत कमाएका छन् । त्यस्तै, समाज लघुवित्त, रावा इनर्जी र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
आज अपर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.१९ प्रतिशत गुमाएका छन् ।