काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगले स्वीकृति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
हाल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हप्रद निष्काशनपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।