दशैं मनाउन १३ लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । १८ लाख मानिस दशैंमान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले  जानकारी दिए।

‘हामीले यस वर्ष दशैंमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,’ उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

बीपी राजमार्गमा सुख्खा पहिरोले बस र टाटा सुमो पुर्यो Read Previous

बीपी राजमार्गमा सुख्खा पहिरोले बस र टाटा सुमो पुर्यो

दशैंमा 'ट्रेकिङ' जाँदै हुनुहुन्छ ? यी ५ तयारी गर्नुहोस् Read Next

दशैंमा 'ट्रेकिङ' जाँदै हुनुहुन्छ ? यी ५ तयारी गर्नुहोस्