दुई सातादेखि बन्द बीपी राजमार्ग आजदेखि खुल्ने

काठमाडौं । बाढीपहिरोका कारण असोज १२ गतेदेखि पूर्ण रुपमा बन्द बीपी राजमार्ग आजदेखि संचालनमा आउने भएको छ ।

बाढीले बगाएको सडक मर्मत सम्पन्न गरी आज दिउँसोदेखि उक्त सडक खुलाइने भएको हो । बाढीले बढाएको ठाउँमा केही ठाउँमा नयाँ ट्रयाक खोलिएको छ भने केही ठाउँमा डाइभर्सन गरिएको छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ ।

सरकाले एक्साभेटर लगायत केही उपकरण भाडामा लिएरै भए पनि काममा लागएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गको केही एकतर्फी रुपमा संचालन ल्याइने छ भने अन्य ठाउँमा दुईतर्फी रुपमै संचालनमा ल्याउन लागिएको हो ।

अवरुद्ध सडक खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको छ । यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो ।

यस राजमार्गको धुलिखेल भकुण्डेबेँसी र नेपालथोक बर्दीबास खण्डमा यसअघि नै सडक संचालनमा आएको थियो भने भकुण्डेबेँसी नेपालथोकखण्डमा सवारी संचालन हुन सकेको थिएन ।

देशका अरू ठाउँमा सडक यसअघि नै खुलाइएको भए पनि धेरै क्षति भएका कारण बीपी राजमार्ग संचालनमा ल्याउन सकिएको थिएन ।

पूर्वी नेपालसँग जोड्न बीपी राजमार्ग छोटो दूरीको प्रमुख राजमार्ग हो । यस सकड हुँदै दैनिक हजारौं सवारीसाधन आवतजावत गर्थे । यो सडक अवरुद्ध हुँदै दशैँमा आउजाउ गर्ने यात्रुले धेरै हैरानी पाएका छन् ।

नेपाल प्रहरीले आज र भोलि यी रुटमा निःशुल्क बस संचालन गर्ने Read Previous

नेपाल प्रहरीले आज र भोलि यी रुटमा निःशुल्क बस संचालन गर्ने

बीपी राजमार्गमा सुख्खा पहिरोले बस र टाटा सुमो पुर्यो Read Next

बीपी राजमार्गमा सुख्खा पहिरोले बस र टाटा सुमो पुर्यो