बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको २करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख रुपैयाँ बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए ।

भारत सरकारले दियो १० वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज Read Previous

भारत सरकारले दियो १० वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज

दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात Read Next

दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात