थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले  थप ५७ वटा हिमालहरू आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।

सोमबार (असोज २० गते) बसेको मन्त्रिपरिषद् बैठकले आरोहणका लागि अहिलेसम्म खुला नभएका ५७ वटा हिमाल आरोहण खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरूको आरोहणका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

क्षतिग्रस्त सडक र पुल बनाउन खट्यो नेपाली सेना, यी ठाउँमा धमाधम काम गर्दै Read Previous

क्षतिग्रस्त सडक र पुल बनाउन खट्यो नेपाली सेना, यी ठाउँमा धमाधम काम गर्दै

क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट पठाइने,यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू Read Next

क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट पठाइने,यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू