असोज ११ र १२ गते रात्रिबस नचलाउन आग्रह

काठमाडौं । सरकारले भोलि र पर्सि (असोज ११ र १२ गते) रात्रिबस नचलाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि असोज १३ गतेसम्म ४ दिन ५६ जिल्लामा भारी वर्षा हुने सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ । भारी वर्षाका कारण बाढी पहिरोको जोखिम हुने भएकाले हिमाली र पहाडी जिल्लाहरूमा दुई दिन रात्रिकालीन बस नचलाउन भनेको हो ।

साथै, प्राधिकरणले कृषकहरूलाई धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत आग्रह गरेको छ ।

८ वर्षमा पनि पूरा भएन कालीगण्डकी कोरीडोरको चराङ-छोसेर खण्ड Read Previous

८ वर्षमा पनि पूरा भएन कालीगण्डकी कोरीडोरको चराङ-छोसेर खण्ड

चाडवाड नजिकिएसँगै विभागले बढायो बजार अनुगमन Read Next

चाडवाड नजिकिएसँगै विभागले बढायो बजार अनुगमन