मेरो माइक्रोफाइनान्सको नाफा साढे ४ गुणाले बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको हो । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३६२.५९ प्रतिशतले बढेको हो ।

लघुवित्तले गत आवको असार मसान्तसम्ममा २१ करोड ९५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १७ करोड २१ लाख रुपैयाँ बढी हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म ४ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्नुका साथै इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब ४० करोड निक्षेप र ८ अर्ब ३६ करोड सापटी लिई १३ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६० करोड २७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १९ करोड ६२ लाख रुपेयाँ संचित छ । लघुवित्तको वितरण योग्य नाफा १९ करोड ६२ लाख रुपैयाँ छ । यसबाट १४.८७ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.६३० रुपैयाँबाट बढर १६.६३ रुपैयाँ पुगेका छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.५३ रुपैयाँ र खराब कर्जा ७.६८ प्रतिशत छ ।

ग्लोबल आइएमई बैंकले जापान जाने विद्यार्थीले सहजै ऋण दिने Read Previous

ग्लोबल आइएमई बैंकले जापान जाने विद्यार्थीले सहजै ऋण दिने

डलरको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, बन्यो हालसम्मकै महँगो Read Next

डलरको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, बन्यो हालसम्मकै महँगो