काठमाडौं । सरकारले आधुनिक प्रविधिबाट जग्पुगाकाे पुनर्नापी गरी अभिलेख अद्यावधिक गर्ने घोषणा सरकारले गरेको छ ।
मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यस्तै, सरकारले घरजग्गा कारोबार र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।
यसैगरी, मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।