युनिक नेपाल लघुवित्तको नाफामा उछाल, लाभांश क्षमता १०० प्रतिशत माथि

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।जबकी गत वर्ष यही अवधिमा लघुवित्त ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढ्दा नाफामा छलाङ मारेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०६ प्रतिशतले घटेर १७ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा लघुवित्तको संचालन नाफा भने ५ करोड २८ लाख रुपैयाँ छ । जबकी गत वर्ष यही अवधिमा संचालन नाफा ३ करोड ८८ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल ३ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १५ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड २५ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ छ । यसबाट कम्पनीले १००.२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २५.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३२८.६५ रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्ष १०.२९ प्रतिशत रहेको खराब कर्जा बढेर ११.०५ प्रतिशत पुगेको छ ।

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरूसँग छलफल Read Previous

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरूसँग छलफल

सार्वजनिक पद धारण गरेका ६ हजार ७०५ जनाले बुझाएनन् सम्पत्ति विवरण Read Next

सार्वजनिक पद धारण गरेका ६ हजार ७०५ जनाले बुझाएनन् सम्पत्ति विवरण