नेप्सेमा दोहोरो अंकको गिरावट, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमामा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से दोहोरो अंकले घटेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा आइपुगेको छ । यसदिन ३१६ कम्पनीको ३ अर्ब २० करोड रुपैयाँ बढीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम सिमेन्टकोे सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ६३ रुपैयाँ बराबरको २ लाख ९० हजार १३६ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज मायाखोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज सर्वोत्तम सिमेन्टका सेयरधनीले भने सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् ।

एक हप्तापछि मन्थली-लुक्ला हवाई उडान सुरू Read Previous

एक हप्तापछि मन्थली-लुक्ला हवाई उडान सुरू

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी लक्षित साक्षरता कार्यक्रम संचालन Read Next

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी लक्षित साक्षरता कार्यक्रम संचालन