काठमाडौं । माछापुच्छ्रे बैंकले भिडियो केवाइसी सेवा सुरू गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै उक्त सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवाको सुरुआतसँगै नयाँ ग्राहकले अनलाइन मार्फत खाता खोली भिडियो केवाइसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् ।
यस भिडियो केवाइसी मार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाइसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् ।
यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन् ।
साथै, यस सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ ।
हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भीडियो केवाइसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नु पर्ने झन्झट हटेको छ ।