बढ्यो डिजेल र पेट्रोलको भाउ, प्रतिलिटर कति पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बिहीबारको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

भाउ बढेसँगै अब पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १६९.५०, १७१ र १७२ रुपैयाँँ पुगेको छ ।

त्यस्तै, डिजेल/ मट्टीतेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि Read Previous

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका संचालक मीनबहादुरलाई २ वर्ष कैद, ६५ जनाको जग्गा जफत हुने Read Next

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका संचालक मीनबहादुरलाई २ वर्ष कैद, ६५ जनाको जग्गा जफत हुने