सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड इदी मार्दीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप दुई कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेका छन् ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

सिद्धार्थ प्रिमियरले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, युनाइटेड इदीले गत वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश कम्पनीले फागुन १७ गते, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको छ ।

पैसा थुप्रिए पनि ऋण दिनै नसक्ने अवस्थामा आधा दर्जन बैंक, पूँजीकोष 'तगारो' Read Previous

पैसा थुप्रिए पनि ऋण दिनै नसक्ने अवस्थामा आधा दर्जन बैंक, पूँजीकोष 'तगारो'

एकैपटक मधेश प्रदेशका ४७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध Read Next

एकैपटक मधेश प्रदेशका ४७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध