अग्नि मोटोइंकको डिलर मिट सम्पन्न

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले डिलर मिट २०२४ सम्पन्न गरेको छ ।

कम्पनीले ‘भविष्यलाई सँगै नेतृत्व गरौं’भन्ने नाराका साथ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो ।

बजारमा महिन्द्रा पावरोलका ५ केभीए देखि ६२५ केभीएसम्मका २८ थरिका मोडलहरु उपलब्ध छन् । बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरुमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ ।

साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरुमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ ।

 

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा Read Previous

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

काठमाडौं महानगरका फूटपाथको स्थलगत अनुगमन, २० प्रतिशत ठाउँमा चौडाइ कम Read Next

काठमाडौं महानगरका फूटपाथको स्थलगत अनुगमन, २० प्रतिशत ठाउँमा चौडाइ कम