हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि माघ १४ गते बुकक्लोज मिति तोकेकाे छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र करसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले माघ २५ गते ३०औं वार्षिक साधरण सभा बोलाएको छ । सो सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।

 

बैंकहरूले विगतमा अनुत्पादक क्षेत्रमा धेरै लगानी गर्दा अहिले समस्या देखियो : अर्थमन्त्री Read Previous

बैंकहरूले विगतमा अनुत्पादक क्षेत्रमा धेरै लगानी गर्दा अहिले समस्या देखियो : अर्थमन्त्री

फागुन २ देखि हकप्रद सेयर बिक्री गर्दै सिंगटी हाइड्रो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ? Read Next

फागुन २ देखि हकप्रद सेयर बिक्री गर्दै सिंगटी हाइड्रो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?