नाडाको नयाँ कार्यसमिति निर्विरोध चयन, अध्यक्षमा चौधरी

काठमाडौं । अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । आगामी नेतृत्वको लागि मनोनयन दर्ता गर्ने दिन शुक्रबार आवश्यक संख्यामा मात्रै उमेदवारी दर्ता भएपछि नयाँ कार्यसमिति निर्विरोध चुनिएको हो ।

आगामी अध्यक्षमा सीजी होल्डिङका निर्देशक करण चौधरी निर्विरोध चुनिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । चौधरीको विरुद्ध कसैले पनि उमेदवारी नदिएपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन् ।

यसअघि अध्यक्षमा आकाश गोल्छाले आकांक्ष देखाए पनि चौधरीलाई समर्थन गर्ने सहमती भएको थियो । तर, त्यसप्रति असन्तुष्टि देखाउँदै नवराज डल्लाकोटीले उमेदवारी दिने घोषणा गरेका थिए । बिहीबार उनले आफूले उमेदवारी नदिइ चौधरीलाई नै समर्थन गर्ने बताएका थिए ।

यस्तै, नाडाको कार्यसमिति सदस्यमा २४ जना निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा आकाश गोल्छा, कपिल शिवाकोटी, विक्रम सिंघानिया, निराकार श्रेष्ठ, सुनिल रिजाल, राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्विरोध बनेका छन्।

त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशबाट एक/एक जना सदस्य पनि निर्विरोध निजर्वाचित भएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत चुनिएका छन् ।

त्यस्तै, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा सदस्य चयन भएका छन् ।

कार्यसमित सदस्यमा थप ५ जना मनोनित हुनेछन् । यसअघि ३ जना मनोनित हुँदै आएकामा आगामी कार्यकालका लागि ५ जना मनोनित गरिने छ । यसका लागि विधान संशोधन गरिने अध्यक्ष थापाले बताए ।

अब यिनै सदस्यहरूमध्येबाट नाडाको बाँकी पदाधिकारी निर्वाचित हुनेछन् । गत साता भएको छलफलमा आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमती भएकाे छ भने अन्य पदाधिकारीको टुंगो लागेको छैन । अहिले नाडामा वरिष्ठ उपाध्यक्ष पद नभएकाले सो पनि विधान संशोधन गरी व्यवस्था गरिने छ ।

नाडाको ४७ औं वार्षिक साधरण सभा यही पुस २० र २१ गते काठमाडौंमा हुँदैछ ।

दक्षिण एशियाकै ठूलो कर्णाली चिसापानी आयोजना, प्रतिमेगावाट लागत साढे १० करोड Read Previous

दक्षिण एशियाकै ठूलो कर्णाली चिसापानी आयोजना, प्रतिमेगावाट लागत साढे १० करोड

डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग Read Next

डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग